२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत, शिखर इन्स्योरेन्स लि १६ प्रतिशत बोनश सेयर समायोजन भएको हो ।

समायोजनपछि नेरुडे लघुवित्तको सेयर मूल्य प्रति कित्ता ८२७.८७ रुपैयाँ , शिखर इन्स्योरेन्सकोे ८०८.६२ रुपैयाँमा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिन नेरुडे लघुवित्तको सेयर १ हजार १० रुपैयाँ , शिखर इन्स्योरेन्सकोे ९३८ रुपैयााँमा अन्तिम कारोबार भएको थियो।

मंगलबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।


क्याटेगोरी : पूँजी बजार, बीमा, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ