२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाबीमा संस्थान र बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

बीमा संस्थान र बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन


काठमाडौँ । . उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा संस्थान र बीमा कम्पनीेलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा अर्थमन्त्री पौडेलले २०८० वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन ।

बैंठकमा मन्त्री पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बीमा
ट्याग : #बीमा कम्पनी, #बीमा संस्थान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ