२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमनकामना स्मार्टको लाभांशको घोषणा ,बोनश र नगद कति ?

मनकामना स्मार्टको लाभांशको घोषणा ,बोनश र नगद कति ?


काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको ५ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ ।

प्रस्तावित कुल लाभांश मघ्ये ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँ बराबरको बोनश शेयर र ०.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ