काठमाडौ । शुभम पावर कम्पनीले आज माघ १८ गते देखि आईपीओ जारी गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्काशन गरी बिक्रि नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिने ४ लाख कित्ता सेयरमा थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण जारी गर्ने लागेको कम्पनीले जनाएको छ ।
सो मघ्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रि गरिसकेकको छ । कुल निष्काशन गरिने सेयर मघ्ये ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषलाई र २ प्रतिशतले हुन आउने ११ हजार ६१० कित्ता सेयर कम्पनीमा कार्यगत कर्मचारीहरुको लागि छुट्याएको छ ।
त्यस्तै,बाँकी रहेको ४ लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणको लागी जारी गर्ने लागेको छ ।
प्रतिकित्ता १०० अंकित मूल्यकादरमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ता माघ २२ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यदी सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा आगामी फागुन ३ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।