काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन १२ गते बस्ने भएको छ । उक्त सभा काठमाडौंको नक्सालस्थित संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा बिहान १० बजेबाट सुरु हुनेछ ।
संस्थाको माघ १७ गते बसेको सञ्चालक समितिको २९६ औं बैठकले कम्पनीको २४ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
उक्त बैंठकले गत आर्थिक २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै हाल कायम चुक्ता पुँजीकै १ प्रतिशतका दरले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँ बराबरको नगद लाभाशं (बोनश शेयरमा लाग्ने कर बापतको रकम) वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते देखि १२ गते सम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । फागुन १ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।