२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जामेन्छियाम हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति

मेन्छियाम हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मेन्छियाम हाइड्रोपावर कम्पनीले आईपीओ जारीको अनुमति पाएकाे छ  ।

बोर्डले मेन्छियाम हाइड्रोपावरलाई माघ १९ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल रहेको छ । बोर्डले कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।


क्याटेगोरी : उर्जा, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ