काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्ममा रेम्टिायान्स २४.३ प्रतिशतले बढेर ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो ।
त्यस्तै,अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको केन्द्रिय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ । पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिनेको संख्या २ लाख ७५ हजार ,६४३ रहेको छ ।
यसैगरी,वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेको छ । यस अवधिमा १ लाख ४२ हजार ५४८ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई .६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।