काठमाडौ । आज नेप्से परिसूचक ७.१६ अंकले घटेर २१७०.१८ मा पुगेर बन्द भएको छ ।
आज सेयर बजारमा २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता शेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७.१५ मूल्यमा कारोबार भएको छ ।
नेपाल रिइन्स्योरेन्सको सेयर ११ करोड २८ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्रि भएसँगै कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रयो ।यस्तै, अपी पावर कम्पनीको १० करोड २१ लाख ६६ हजार रुपैयाँ,न्यादी ग्रुप पावर ८ करोड ९५ लाख १३ हजार रुपैयाँ एनआईसी एशिया बैंकको ८ करोड १८ लाख ८० हजार रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ६१ लाख ४३ हजार रुपैयाँ, एभरेष्ट बैंकको ७ करोड ३८ लाख ५५ हजार रुपैयाँ बराबरमा सेयर किनबेच भएको छ ।
तेह्रथुम पावर कम्पनीको ३.३२ प्रतिशत, धौलागिरी लघुवित्तको ३.०८ प्रतिशत, राधी विद्युत कम्पनीको २.५९ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको २.५६ प्रतिशत,सबैको लघुवित्तको २.४२ प्रतिशतले बढेको छ ।
यस्तै आज आर्दश लघुवित्तको ५.१४ प्रतिशत, पोखरा फाइन्नासको ४.९८ प्रतिशतले सेयरको मूल्यम गिरावट आएको छ । आजको दिन सेयर बजारमा एउटा मात्रै उपसमूहमा हरियाली भएको छ ।
आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयरको मूल्यम गिरावट आएको छ । साथै ७ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।