काठमाडौं । आज नेप्सेपरिसूचक १२.४३ अंकले बढेर २१८२.६१ मा पुगको छ ।
आज सेयर बजारमा २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ मूल्यमा कारोबार भएको छ ।
अपि पावर कम्पनीको सेयर ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरमा खरिद बिक्रि भएसँगै कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रयो ।
यस्तै, नबिल बंैकको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ न्यादी ग्रुप पावर कम्पनी ५ करोड ३३ लाख ७ हजार रुपैयामा सेयर किनबेच भएको छ ।
आज बाराही हाइड्रोपावर १० प्रतिशत , विजय लघुवित्तको ५.९२ प्रतिशत, जोशी हाइड्रोपावर ५.५३ प्रतिशत, न्यादी ग्रुप कम्पनीको ५.३५ प्रतिशतले सेयरको मूल्य बढेको छ ।
त्यस्तै आजको दिन नबिल ब्यालेस फण्ड ३ को ५.७५ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको ४.१६ प्रतिशत, लक्ष्मी उन्नती कोषको ३.९३ प्रतिशत र आर्दश लघुवित्तबको ३.४९ प्रतिशतले सेयरको मूल्यम गिरावट आएको छ ।
आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५८ वटाको सेयरको मूल्यम गिरावट आयो भने ७ वटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।