२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमायूनियन लाइफ इन्स्योरेन्सको पाँचौं बार्षिक साधारण सभा सम्मपन्न

यूनियन लाइफ इन्स्योरेन्सको पाँचौं बार्षिक साधारण सभा सम्मपन्न


काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको पाँचौं बार्षिक साधारण सभा आज माघ २६ गते सम्मपन्न भएको छ ।

भैरहवामा सम्पन्न सभाले आर्थिक बर्ष २०७७—७८ को लागि आफ्ना शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ । उक्त बोनश वितरण गर्दा लाग्ने कर वापतको रकम शेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सो साधारण सभाले कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत शेयर मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर रोक्का राख्ने गरी भएको निणर्य, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य (डिडिए) गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निणर्यहरु समेत सभाले अनुमोदन गरेको छ ।

त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव ,संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

कम्पनी ऐन बमोजिम आ.व. २०७७—७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभामा सभाको अध्यक्ष्यता गरेका   संचालक संदिप कुमार अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीका शेयरधानीहरुलाई अधिकतम् प्रतिफल प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी गराउदैु कम्पनी मर्जर पश्चात पनि निरन्तर शेयरधनीहरुको हितमा कार्य गर्ने बताए । यसैगरी संचालक सचिन आचार्यले शेयरधनीहरुलाई विश्वासलाई सदैव सम्मान गर्दै अघि बढ्ने बताए ।

यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पुर्‍याउने जानकारी गराए ।
सो साधारणसभाको अध्यक्षता संचालक संदिप कुमार अग्रवालको गरेका थिए भने सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरेका थिए ।

सभामा कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, नायव महाप्रबन्धक माधव प्रसाद शर्मा, प्रादेशिक प्रमुखहरु लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बीमा
ट्याग : #यूनियन लाइफ इन्स्योरेन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ