२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनआईसी एशिया बैंकको भ्यालेन्टाइन डेको विशेष योजना

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन डेको विशेष योजना

पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यासब्याकको साथमा २० जनालाई तारे होटलमा आफ्नो साथीसँग डिनर गर्ने अवसर


 

काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैक’’ योजना सार्वजनिक गरेको छ ।

यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो । माघ २८ देखि फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पिओएस मेसिनमा पहिलो पटक कारोबार गर्नुहुने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम २०० रुपैयाँ सम्म क्यासब्याक उपलब्ध हुनेछ ।

साथै, बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई भ्यालेन्टाइन डेको दिन अर्थात् फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरूको पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एनआईसी एशिया बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ