२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिएन्ड्रोइड फोनमा विश्वकै सबैभन्दा पहिलो मिनी क्याप्सुल सहित रियलमी सि ५५ नेपाली बजारमा

एन्ड्रोइड फोनमा विश्वकै सबैभन्दा पहिलो मिनी क्याप्सुल सहित रियलमी सि ५५ नेपाली बजारमा


 

काठमाडौँ – विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि-५५ नेपाली बजारमा उपलब्ध भएको छ ।

६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ । त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीज्युले भने, “रियलमी सदैव आफ्ना उपभोक्ताहरुको लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बनाउन प्रतिबद्ध छ ।

हाम्रो यसै प्रतिबद्धता अनुरुप हामीले नयाँँ सी सिरिजका स्मार्टफोनहरूमा ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड गरेका छौँ । जसअन्तर्गत हामीले हाम्रा उपभोक्ताहरुको लागि क्यामेरा, स्टोरज, चार्जिङ, र डिजाइन  यी चारवटा मुख्य फिचरहरुमा व्यापक अपग्रेड गरेर सि सिरिजका फोनहरु बजारमा ल्याएका छौँ। यी सिरिजका फोनहरुको पर्फर्मेन्स पावरफुल त छँदैछ, यसको मुल्य पनि हामीले यसरी राखेका छौँ कि यस्तो फिचर र यस्स्तो पर्फर्मेन्स भएको फोन अहिलेको नेपाली बजारमा यो मुल्यमा उपलब्ध नै छैन ।

स्लिक डिजाइन , इम्प्रेसिभ फिचरहरु र आउटस्ट्यान्डिङ पर्फर्मेन्सले गर्दा नयाँँ स्मार्टफोन किन्ने बिचारमा भएका जोसुकैको लागि यो फोन अत्यन्त उपयुक्त छ । र अर्को कुरा, च्याम्पियनको सि लाई लिएर हामीले यी सिरिजहरुको नाम सि सिरिज राखेका हौँ ।

च्याम्पियन यस अर्थमा कि पहिलाको मोडलहरु मा भन्दा यसमा यसरी स्ट्राटेजिक अपग्रेड गरिएको छ कि यिनीहरुको पर्फर्मेन्स एकदमै एक्सेप्सनल छ । जुन हाम्रा नेपाली युवा जमातहरुको पर्सानालिटी र स्टाइलसँग ठ्याक्कै मेल खान्छ । हामीलाई विश्वास छ कि यो च्याम्पियन फोनसँगै हाम्रा च्याम्पियन युवाहरुले च्याम्पियन पलहरु समयहरुको आनन्द लिनुहुनेछ र आफ्नो स्टाइललाई आत्मविश्वासको साथ व्यक्त गर्नुहुनेछ ।

मुख्य विशेषताहरु

६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा
यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा, जुन ६४ एमपिको छ । जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको मामलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ ।

साथै यसको क्यामरामा OV64B सेन्सर राखिएको छ जुन फ्ल्यागशिप लेभलको सेन्सर हो । त्यस्तै यसमा रियलमी एक्स्क्लुसिव स्ट्रिट फोटोग्राफि मोड राखिएको छ जुन यो भन्दा अगाडिको सि सिरिजहरुमा थिएन । यसको साथै डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यस क्यामरामा समावेश गरिएका छन् । सेल्फी क्यामराको कुरा गर्नुपर्दा यसमा यसमा ८ एमपिको लेन्स छ जसले १०८०पि को भिडियो रेकर्ड गर्न सक्छ । समग्रमा भन्नुपर्दा रियलमी सि ५५ को क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मुल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन ।

३३ वाटको डार्ट चार्जिङ र ५००० एमएएच्को शक्तिशाली ब्याट्रि

त्यस्तै यसमा ५००० एमएएच्को शक्तिशाली ब्याट्रि राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ ।
जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।

९० हर्जको फुल एच्डि प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ । यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोगकर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

१२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट

यसमा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । साथै यसमा भएको माली जि ५२ जिपियुको ग्राफिक्स प्रोसेसिङले गर्दाखेरी गेमिङ र मल्टीमिडियाको लागि पनि रियलमी सि ५५ उत्तिकै उपयुक्त छ । यसको एन्टुटु बेन्चमार्क स्कोर २७३,३६४ रहेको छ जसले प्रोसेसरको टप नच पर्फर्मेन्स झल्काउँछ ।

स्टोरेज र युआइ

स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको र्‍याम र १६ जिबिको डाइनामिक र्‍याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

६जिबि+६४जिबि स्टोरेज भएको सेटको मुल्य रु.२१,९९९ राखिएको छ भने ८जिबि+१२८जिबि स्टोरेज भएको सेटको मुल्य .२५ हजार ९९९ राखिएको छ ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ