२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ९ महिनामै नबिलले कमायो ५ अर्ब भन्दा बढी

९ महिनामै नबिलले कमायो ५ अर्ब भन्दा बढी


काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्ष २०७९/०८०को तेस्रो त्रैमाससम्म खुद मुनाफातर्फ ५.११ अर्ब आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा ३.३५ अर्ब नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढेको हो ।

बैंकले चालु आव तेस्रो त्रयमाससम्ममा कुल कर्जा रकम ३ खर्ब २३ अर्ब र कुल निक्षेप संकलन ३ खर्ब ६३ अर्ब पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

बैंकको यस अवधिमा सञ्चालन मुनाफा ७ अर्ब ४८ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड  रुपैयाँ रहेको छ ।

चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको अघिल्लो वर्ष रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार भने ६.१५ प्रतिशतले घटेर २५ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ।

त्यस्तै, गत आवको यस अवधिमा एनपीएल १.१४ प्रतिशतमा समिति रहेकोमा चालु आवको यस अवधिमा एनपीएल बढेर ३.८७ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #नबिल बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ