२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसामान्य अंकले बढ्यो नेप्से ,पछिल्लो ४ महिनायताकै कम कारोबार

सामान्य अंकले बढ्यो नेप्से ,पछिल्लो ४ महिनायताकै कम कारोबार


काठमाडौ । नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ मा सीमित भएको छ ।

आजको दिन १३ वटा उपसमूह मघ्ये ९ उप समुहको शेयर मूल्य बढ्को छ भने ५ वटा उपसमुहको शेयरको मुल्यमा गिरावट आएको छ ।

आजको दिन सेयरबजारमा २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेयर ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आजको दिन कारोबारका आधारमा कालिन्चोक दर्शन प्रा.लि शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर ८ करोड ८१ लाख ७८ हजार २२१ बराबरको  भएको छ ।  शिवम् शिमेन्ट्को शेयर २ करोड ९९ लाख ६० हजार ७७९, नबिल बैंकको २ करोड १५ लाख ३२ हजार ५४६ ,एनआईसी एशिया बैंक १ करोड ८९ लाख ५३६ र हिमालयन डिष्ट्रिलरीको १ करोड ६८ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष  ५ भित्र पर्न सफल भएका छन् ।

पिपुल पावर कम्पनी ८.११ प्रतिशत , एनआईबीएल प्रगति फण्ड ७.९ प्रतिशत, नबिल ईक्युलिटी फण्ड ३.९२ प्रतिशतले बढेको छ ।

कालिन्चोक दर्शन प्रा.लि दोस्रोको नकारात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन प्रा.लिश ९.०३ , समालिङ पावर कम्पनी ८.२७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य ४्र.१० प्रतिशतले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ