काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आजको दिन घट्नेक्रममा नेप्से परिसूचकमा १९.१० अंकले ओरालो लागेर १८७०.६६ विन्दुमा आएर रोकिएको छ ।
आज १८९ कम्पनीको सेयर ओरालो लागेको छ भने २६ कम्पनीमा अकालो लागेको छ । साथै ४ कम्पनी स्थिर छ । २७१ कम्पनीको कारोबार भएको छ । ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको छ ।
यसैगरी ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शिवम् सिमेन्ट्को सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ४ करोड २५ लाख १० हजार ८२५ रुपैयाँको सेयर बिक्री भएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्छ मेगा बैंकको ३ करोड ५७ लााख ९ हजार ३८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज एनआइबीएल गा्रेथ फण्डको ८.८९ प्रतिशत, उपर सोलु हाइड्रोइलेक्ट्रिक ४.७० प्रतिशत ,हिमालयन उर्जा विकास कम्पनी ४.६८ प्रतिशतले घटेको छ ।
त्यस्तै, एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्डको ३.३३ प्रतिशतले बढेको छ ।
आजको दिन १३ उपसूचकहरु राताम्मै भएको छ ।