काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा ४ कम्पनीको बोनश सेयर सुचीकृत भएको छ ।
नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त र सबैको लघुवित्त, इन्फिनिटी लघुवित्तको बोनश सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको १३ लाख २६ हजार ६१४ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, सबैको लघुवित्तको ४ लाख ८६ हजार कित्ता र इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २९ कित्ता सेयर सूचीकृत भएको हो ।
गत आव २०७८/०७९को लागि एनएलजी इन्स्योरेन्स १० प्रतिशत , लक्ष्मी लघुवित्तको १५ प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत र इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनश सेयर सूचीकृत भएको हो ।
सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।