२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ१० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.३ प्रतिशतले बढ्यो ,कर्जाको अवस्था कस्तो ?

१० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.३ प्रतिशतले बढ्यो ,कर्जाको अवस्था कस्तो ?


काठमाडौं । पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोडले बढेको छ ।

नेपाल राष्ट्र्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३ खर्ब ७० अर्ब ७८ करोडले बढेको छ ।

जुन ७.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोडले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा चालु आवको वैशाख मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।

पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा ,चल्ती ७.७ प्रतिशत,बचत २५.८ प्रतिशत र मुद्दती ६०.० प्रतिशत रहेको छ ।

गत आवको यस अवधिमा चल्ती ८.५ प्रतिशत, बचत २८.१ प्रतिशत र मुद्दती ५६.५ प्रतिशत रहेको थियो। ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेप ३६.३ प्रतिशत रहेको छ । गत आव संस्थागत निक्षेप ३८.४ प्रतिशत रहेको थियो ।

कर्जाकाे अवस्था 

पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा .१ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँले बढेको छ । जुन ३.३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यस अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोडले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।

चालु आवको वैशाख मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर- वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३६.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको यस अवधिमा गैर- वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३६.६ प्रतिशत रहेको थियो ।

चालु आवको १० महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ ।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ ।

अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल राष्ट्र्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ