काठमाडौंं । उपर लोहरेखोला हाइड्रोपावर कम्पनीले असार ७ गते देखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्ने लागेको हो ।
कम्पनीको चुक्तापुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनीले जारी पुुँजीको १० प्रतिशतहुन आउने ५ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दाका निष्कासन गर्ने लागेको हो । जसमघ्ये २ लाख ५४ हजार ९०२ कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र दैलेखको नौमुले गाउँपालिका-३ का बासिन्दाले आवेदन दिन पाउनेछन्।
त्यस्तै बाँकी २ लाख ५४ हजार ९०२ कित्ता साधारण सेयरमा नौमुले गाउँपालिका-३ बाहेक दैलेख जिल्लावासीले खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता सेयर मघ्ये १० प्रतिशत अर्थात् १ लाख ९८ हजार ८२४ कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने लागेकाे हाे ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि २५ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय आवदेनकर्ताले असार २१ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले असार २१ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
स्थानीय आवेदनकर्ताले आयोजना स्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल रहेको छ ।
उपर लोहरेखोला हाइड्रोपावरलाई जेठ २३ गते साधारण सेयर निष्कासनको अनुमति दिएकोे थियो ।