काठमाडौं । साताको अन्तिम करोबारकाे दिन आज नेप्से परिसूचक ५ अंकले बढेको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ अंकमा पुगेको छ ।
आज २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता शेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
कारोबार रकमको आधारमा आज सबै भन्दा बढी शिवम् सिमेन्ट कारोबार भएको छ । बजारमा शिवम् सिमेन्टको १७ करोड ९३ लाख ४६ हजार १५ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै सोल्टी होटलको १६ करोड ४ लाख २ हजार ८८१ रुपैयाँ, नेपाल लाईफ इन्योरेन्सको १४ करोड ९१ लाख ७० हजार १६१ रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख ८७ हजार ३०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
त्यस्तै आजको दिन सिटी होटलको ९.९७ प्रतिशत, अभियान लघुवित्तको ९.२० प्रतिशत, बीपीडब्लु लघुवित्तको ८ं२० प्रतिशत र कालिका लघुवित्तको ८.०६ प्रतिशतले बढ्को छ ।
साथै सेयर बजारमा भुगोल इनर्जी पावर कम्पनीको ५.८६ प्रतिशत, मल्टी पर्पस फाइन्नासको ३.८८ प्रतिशत र मिरमिरे लघुवित्तको ३.८१ प्रतिशतले घटेको छ ।
आजको दिन कारोबारमा आएका मघ्ये ७५ वटा कम्पनीको सेयरको मूल्य बढ्ेको छ भने १३९ वटाको घट्को छ । त्यस्तै ९ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।
साथै आज ६ वटा उप समुह हरियाली भएको छ भने ७ वटा उप समूह राताम्मै भएको छ ।