२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड

ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड


काठमाडौं । गी्रन लाईफ हाइड्रोपावरको आईपीओ फागुण ७ गते शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल्सले आज कम्पनीको कार्यालयमा बाँडफाँड गरेको हो ।

हाइड्रोपावर कम्पनीले गत माघ २३ गते देखि सवसाधारणका लागि प्रतिसेयर रु १०० का दरले ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर निष्काशन गरेको थियो ।

आईपीओको लागि १३ लाख २२ हजारले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ३ लाख २५ हजार १ सय ६५ जनालाई प्रति कित्ता १० का दरले आईपीओ पर्ने सफल भएको छ भने २ जनाले ११/११ कित्ता सेयर पाएका छन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ