२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको दोस्रो दिन आज नेप्से ११.५९ अंकले बढ्यो

साताको दोस्रो दिन आज नेप्से ११.५९ अंकले बढ्यो


काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचक ११.५९ अंकले बढेर २२२९.४२ अंकमा पुगेको छ ।

आज २७ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा आज सबै भन्दा बढी शिवम् सिमेन्ट कारोबार भएको छ । बजारमा शिवम् सिमेन्टको २४ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै सोल्टी होटलको २७ करोड २६ लाख ९६ हजार रुपैयाँ,हिमालयन डिस्टीलरीको २२ करोड ३७ लाख ९९ हजार रुपैयाँ,ईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ , सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँ, नेपाल लाईफ इन्योरेन्सको १५ करोड ४९ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै आजको हिमालय लाइफ इस्योरेन्सको १० प्रतिशत, बीपीडब्लु लघुवित्त र सिटी होटलको ९.९९ प्रतिशत र सिभिल लघुवित्तको ९.९७ प्रतिशतले बढेको छ । रहेको छ ।

साथै सेयर बजारमा सुपर म्यादी हाइड्र्रोपावर ६.९४ प्रतिशत, विन नेपाल लघुवित्तको ६.२५ प्रतिशतले सेयरको मूल्य घटेको छ ।

आजको दिन कारोबारमा आएका मघ्ये १२३ वटा कम्पनीको सेयरको मूल्य बढ्ेको छ भने ९८ वटाको घट्को छ । त्यस्तै ४ वटा कम्पनीको सेयरको मूल्य स्थिर रहेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ