२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसद विघटन विरुद्धको बहस संवैधानिक इजलासमा सकियो

संसद विघटन विरुद्धको बहस संवैधानिक इजलासमा सकियो


काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वेच्च अदालतमा बहस सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्य मध्येका एक गीता पाठकले राय दिसकेपछि मुद्दाका पक्ष र विपक्षका बहस आजबाट सकिएको छ ।

एमिकसर क्युरीका राय पछि संवैधानिक इजलासले फागुन १० गते सम्म बहस नोट पेश गर्नै दुबै पक्षका वकिल आदेश दिएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिरमा राष्ट्रपतिले संसद विघटन गरेपछि परेका १ दर्जन रिटमाथी संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजको इजलासको अन्त्यमा भने हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ ।


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ