२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत

दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत


दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दुई वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

महुली र समता घरेलु लघुवित्त संस्थाको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता र समता घरेलु लघुवित्तको लाख १५ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आवको लागि महुली लघुवित्तले १४.२५ प्रतिशत र समता घरेलु लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो ।

 

सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ