काठमाडौं । आज नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ अंकमा बन्द भएको छ ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य बढ्यो भने १ उपसमूहको शेयर मूल्य घटेको छ ।
आजको दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार १ ९० कित्ता शेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा खरिद बिक्रि भएको छ ।
कारोबारको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्याे । शिवम् सिमेन्टको १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७ करोड ७५ लाख १३ हजार रुपैयाँ सल्टी होटल ७ करोड ७३ लाख ३२ हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको दिन बिपिडब्ल्यू लघुवित्त १० प्रतिशत,युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशत, अभियान लघुवित्त ९.८७ प्रतिशत, सिर्जनशील लघुवित्त ७.८० प्रतिशत र मल्टिप्रर्पोज फाइनान्स को ७.३२ प्रतिशतले बढेको छ ।
यस्तै कुमारी धनवृद्धि योजना ८.३७ प्रतिशत, सानीमा ग्रोथ फण्ड ७.५१ प्रतिशत, सानीमा लार्ज क्याप फण्ड ६.२८ प्रतिशत, बैंक अफ काठमाडौँको ऋणपत्र ५.८६ प्रतिशत र मेगा म्युचुअल फण्डको सेयर ४.६३ प्रतिशतले घटेको छ ।