काठमाडौँ – एलओडी क्लबले कानुन भन्दा माथि कोही पनि नरहने बताएको छ । क्लबले कानुनको परिधिभित्र रहेर व्यवसाय गरेको प्रस्ट पारेको छ ।
ठमेलस्थित एलओडी क्लबमा केही साताअघि आएकी किशोरीलाई एक पुरूषले ललितपुरमा लगि बलात्कार गरेका थिए ।
प्रहरीले क्लबमा नाबालिक किशोरीलाई प्रवेश गराएको भन्दै सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । किशोरीमाथि भएको घटनाप्रति दुःख व्यक्त गदै क्लबले विज्ञप्ति मार्फत पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिवद्वता जाहेर गरेको छ । कानुनको पालना गदै कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ क्लबले विज्ञप्तिमा भनेको छ ।
क्लबले हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध रहेको हामी आफूलाई जवाफदेही बनाउँछौं भनेको छ । कानुनको पालना गर्दागदै क्लब थोरै चुक्न पुगेकाले यसका लागि क्लबले क्षमा मागेको छ ।’
क्लबले ’सामाजिक न्याय र लैङ्गिक समानता प्रति प्रतिवद्व रहेको बताएको छ । उक्त घटनाले क्लबलाई दुःखीत बनाएको र सदा पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ,’ क्लबले विज्ञप्तिमा भनेको छ । केहि कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको स्वीकार गदै घटना प्रति क्बलले दुख व्यक्त गरेको छ ।
उक्त घटना दुभाग्यपूणर् क्लब परिसरमा नभएर क्लबभन्दा बाहिर भएको र घटना क्लबभित्र भएको भए त्यसको सम्पूणर् जिम्मा लिन सदा तयार छौ क्लबले बताएको छ ।
क्लबलाई सामाजिक मूल्य मान्यता कर्तव्य, दायित्व प्रति बोध भएको सामाजिक सिमाहरु भन्दा बाहिर गएको महसुस भइसककेको क्लबले बताएको छ ।
उक्त घटनाबाट पाठ सिक्दै र घटना फेरि नदोहोरियोस् भनेर क्लब सचेत र सजग रहेको र क्लबले आफ्नो जिम्मेवारीबाट कहिले पछि नहटने क्लबले भनेको छ । क्लबले १८ वर्षमाथिकालाई प्रवेश अनुमति दिने कुनै पनि नाबालिग किशोर-किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन । क्लब प्रवेश गर्ने उमेर खुल्ने परिचय पत्र अनिवार्य पर्ने र कर्मचारीले आवश्यक र शंका लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन् ।
एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ । क्लबले ग्राहकलाई अतिथि र कर्मचारीलाई परिवार सम्झेर व्यवहार गरिरहेको स्मरण गराएको छ । ’हाम्रो प्राथमिकतामा सबै अतिथिहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो,’ विज्ञप्तिमा लेखिएको छ ।
क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ । प्रविधिले हामीलाई क्लब भित्र र बाहिरका गतिविधिहरूलाई नियाल्न सहज भएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ ।
क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ । क्लबले सबैको सुरक्षा गर्नु आफ्नो जिम्मा रहेको बताएको छ । ’सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाण्डौँ बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधै आतुर छौँ,’ विज्ञप्तिमा प्रस्ट पारिएको छ ।