२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङफर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ?


काठमाडौं । आर्थिक बर्ष २०७९/०८० मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा २३.३८ प्रतिशतले घटेको छ ।

लघुवित्त कम्पनीको आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार आव २०७८/०७९ मा कम्पनीको खुद नाफा २५ करोड ७० लाख ५२ हजार ९७८ रुपैयाँ रहेकोमा यस समिक्षा अवधिमा यस्तो नाफा २३.३८ प्रतिशतले घटेर १९ करोड १९ करोड ६९ लाख ३० हजार ६६६ रुपैयाँमा सिमित हुन पुगेको छ ।

त्यस्तै ,कम्पनीको वितरणयोग्य मुनाफा आव २०७८/०७९ को तुलनामा यस समिक्षा अवधिमा १९.१० प्रतिशतले कमि आएको छ । आव २०७८/०७९ मा कम्पनीको वितरणयोग्य मुनाफा २१ करोड ९० लाख ३१ हजार ३५४ रुपैयाँ रहेकोमा समीक्षा यस्तो नाफा १७ करोड ७१ लाख ७५ हजार ६०३ रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ४७ लाख ३४ हजार ८८७ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा यो २३.४२ प्रतिशतले घटेको छ ।  समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार ३९ रुपैयाँ पुगेको छ ।

 संस्थाले ७ अर्ब ४६ करोड ५० लाख ४१ हजार ९४८ रुपैयाँ सापटी लिई ७ अर्ब ६५ करोड ६२ लाख १५ हजार ८१२ रुपैयाँ कर्जा लगानी गरेको छ । १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष १९.७८ प्रतिशतले बढेर २५ करोड ३८ लाख ३२ हजार ५९२ रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.९१ र प्रतिसेयर नेटवर्थ १३७.८७ रुपैयाँ रहेको छ । गत वर्ष संस्थाको खराब कर्जा शून्य प्रतिशत रहेकोमा यस आवमा यो बढेर ०.६६ प्रतिशत पुगेको छ । यस्तै, संस्थाको लागत १२.०२ प्रतिशत र आधार दर १२.६० प्रतिशत छ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त
ट्याग : #फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ