२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङहिमालयन लघुवित्तको नाफा ७८.५० प्रतिशतले घट्यो

हिमालयन लघुवित्तको नाफा ७८.५० प्रतिशतले घट्यो


काठमाडौं । आर्थिक बर्ष २०७९/०८० मा हिमालयन लघुवित्त वित्तीय संस्थाको (साविकको सिभिल लघुवित्त वित्तीय संस्था) नाफा ७८.५० प्रतिशतले घटेको छ ।

लघुवित्त कम्पनीको आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार आव २०७८/०७९ मा कम्पनीको खुद नाफा ७ करोड १४ लाख ५३ हजार ६६९ रुपैयाँ रहेकोमा यस समिक्षा अवधिमा यस्तो नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ करोड ७० लाख ११ रुपैयाँमा सिमित हुन पुगेको छ ।

त्यस्तै , समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६० लाख ९ हजार ३२१ रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थाको सञ्चालन मुनाफा करोड १९ लाख ९२ हजार ७८४ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा यो ७९.०३ प्रतिशतले घटेको छ । अघिल्ल्लो आवमा यस्तो नाफा १० करोड ४९ लाख ७ हजार ३८१ रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा २४.५२ प्रतिशतले कमी आएको छ । संस्था २० करोड २३ लाख ५२ हजार २२१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाले ३ अर्ब १ करोड ३ लाख ७७ हजार २८२ रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड ७७ लाख १३ हजार ७५९ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको यस अबधिमा ९९ करोड ४० लाख २६ हजार १३९ रुपैयाँ निक्षेप हुन पुगेको छ ।
३१ करोड ९८ लाख १८ हजार १३० रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष १४.८३ प्रतिशतले बढेर ८ करोड ८० लाख ४५ हजार ७६५ रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५६.७६ र प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ । गत वर्ष संस्थाको खराब कर्जा १.४ प्रतिशत रहेकोमा यस आवमा यो बढेर २.३७ प्रतिशत पुगेको छ । यस्तै, संस्थाको लागत ११.३४ प्रतिशत र आधार दर १८.९२ प्रतिशत छ ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त
ट्याग : #हिमालयन लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ