२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटफोनपे अभियानको विजेता पुरस्कृत

फोनपे अभियानको विजेता पुरस्कृत

बिधुत प्राधिकरणका एमडि कुलमान घिसिङ्गद्वारा सम्मान


 

काठमाडाैं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाअन्तर्गत एक भाग्यशाली विजेताको घोषणा गरेको छ।

उक्त योजना गत जेठ महिनाभरि लागू गरिएको थियो। यस योजनाले हजारौँको संख्यामा ग्राहकको सहभागिता देख्नुको साथसाथै देश व्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त गरेको थियो।

यस योजनामा आफ्नो सहभागिता जनाउन ग्राहकले तोकिएको अबधिभर बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनको बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको थियो।

काठमाण्डौस्थित नेपाल बिधुत प्राधिकरणको कार्यलयमा साउन ११ गते यस योजनाका भाग्यशाली विजेता अनुप सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको थियो। उपहारको हस्तान्तरण स्वयं प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङद्वारा भएको थियो।

प्रबन्ध निर्देशक घिसिङले विजेतालाई बधाइ दिनुका साथै फोनपेले नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिरहेको विभिन्न कदमहरुको प्रशंसा पनि गरे। ‘भुक्तानीका विभिन्न विद्युतीय माध्यमहरुले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ। पछिल्ला दिनहरुमा यस्ता प्रविधिहरुले सबैको समय बचाउनुका साथै अन्य धेरै सहुलियत प्रदान गर्दै आएको छ’, उनले भने, ‘म नेपाल विद्युत प्राधिकरणका सम्पूणर् ग्राहकमाझ बिजुलीको शुल्क तिर्दा विद्युतीय भुक्तानीका माध्यमहरु प्रयोग गर्न आग्रह गर्दछु।’

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले पनि आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूणर् नेपाली ग्राहकलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधा थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

भुक्तानी क्षेत्रमा फोनपे आफ्नो नवीन सुविधाहरुका साथमा सधैँ अग्रसर रहेको देखिन्छ। नेपाललाई ‘क्यासलेस’ बनाउने हेतूका साथ ३ वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै ग्राहकको आकर्षण बढेको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ