२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमाछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ?

माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ?


काठमाडौं । माछापुच्छ्रे  बैंकको खुद नाफा ९.७५ प्रतिशतले नाफा बढेको छ ।

बैकको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो आर्थिक वर्ष २०७८/०७९को तुलनामा ९.७५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा बैंकले १ अर्ब ६८ कराेड ६६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

आव २०७८/०७९असारमसान्त सम्ममा ४ अर्ब ८७ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले आव २०७९/०८० असारमसान्त सम्ममा ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो १०.४३ प्रतिशतले बढेको हो ।

त्यस्तै समिक्षा अवधिमा बैंकको संचालन नाफा ९.०१ बढेर २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने बैंकको वितरण योग्य नाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख निक्षेप संकलन गरि १ खर्ब २६ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । १० अर्ब २५ करोड ७१ लाख ५५ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष बढेर ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १८.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.८४ र प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा १.०४ प्रतिशत रहेकोमा यस आवमा यो बढेर २.१२ प्रतिशत पुगेको छ । यस्तै, बैंकको सीडी रेसियो ८०.६४ प्रतिशत रहेको छ भने लागत ८.०७ प्रतिशत र आधार दर १०.७४ प्रतिशत छ ।

 

 


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ