२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारकालिका लघुवित्तको संस्थापक सेयर बिक्रिमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रिमा


काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाका संस्थापक सेयरधनी मनोज कुमार थापाले आफ्नो नाममा रहेको ४ हजार १३१ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा संस्थाकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कास्कीको पोखरा—१० स्थित संस्थाकोे केन्द्रिय कार्यालयमा आइपग्ने गरी आवेदन पेस गर्नुपर्ने छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडी बढाउने संस्थाले जनाएको छ ।

 


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, लघुवित्त
ट्याग : #कालिका लघुवित्त वित्तीय संस्था, #संस्थापक सेयर बिक्रीमा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ