२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता 

कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता 


काठमाडौं । कामना सेवा विकास बैंक र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता भएको छ ।

श्रावण १७ गते कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिजसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट ९डिम्याट० खाता, सेयर ट्रेडिङ खाता ९टिएमएस०, सि आस्वा ९सी—आस्बा० र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकमहानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबीबीएस, एसएमएस मोबाइल बैंकिङ ,सी—आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ