काठमाडौं । नेपालको अग्रणी ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई संचालित च्याटबट, “आक्स दराज ” लन्च गरेको छ ।
दराजमामाइक्रोसफ्ट एजुरी ओपन अल सेवाको पछिल्लो संघटनको घोषणा गरिएको च्याटजीपीटीद्वारा संचालित आक्स दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूणर् सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ।
आक्स दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ। यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्नेछ।
दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आक्स दराज बाट लाभ उठाउन सक्छन् । आक्स दराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ ्र प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआई लाई अप्टिमाइज गरिरहनेछ जसका कारण ग्राहक सेवालाई अझ टेवा पुग्नेछ।
यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर.के मिकेलसेनले भने, ‘हाम्रो मिशन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो। यो हाम्रो लागि एउटा महत्वपूणर् माइलस्टोन हो किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरीरहेका गर्छौं। बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मुल्याङ्कन र त्यसमाथी हाम्रो एपमा माइक्रोसफ्ट एजुरी ओपन अल सेवाको फाइदा उठाएर, “आक्स दराज“ ले थप प्रयोगकर्ताहरूलाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ।