काठमाडौं । आर्थिक बर्ष २०७९/०८० मा गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३१.०७ प्रतिशतले घटेको छ ।
संस्थाको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो आर्थिक वर्ष २०७८/०७९को तुलनामा ३१.०७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा संस्थाले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
आव २०७८/०७९असारमसान्त सम्ममा ६ करोड ७५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले आव २०७९/०८० असारमसान्त सम्ममा ५ करोड ५९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
त्यस्तै समिक्षा अवधिमा संस्थाको संचालन नाफा ३२.८३ घटेर ४४ लाख ७४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो नाफा ६६ लाख ६१ हजार रहेको थियो ।
यस अवधिमा संस्थाले ८१ करोड ३३ लाख रुपैयाँ सापटी लिई १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष बढेर २० करोड ५ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थको प्रतिसेयर आम्दानी (ईपीएस) २.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६२.२५ र प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ ।
गत वर्ष संस्थाको खराब कर्जा ४.९४ प्रतिशत रहेकोमा यस आवमा यो घटेर ४.६४ प्रतिशत पुगेको छ । यस्तै, संस्थाको लागत ११.५४ प्रतिशत र आधार दर १८.१ प्रतिशत छ ।