काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
बिहिबार आईएमई लाइफकाे ४ करोड कित्ता र रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
सूचीकरण भएसँगै यी कम्पनीहरुको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् ।
आइएमई लाइफले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएकाे १ करोड २० लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता गरी ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
तयस्तै,रिपब्लिक मिडियाल सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएकाे ४३ लाख ५३ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी कित्ता सेयर ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले आइएमई लाइफको पहिलो सेयर कारोबारको लागि न्युनतम १७६.५३ रुपैयाँ देखि अधिकतम ५२९.५९ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ भने रिपब्लिक मिडियाको न्युनतम ८४.४ रुपैयाँ देखि अधिकतम २५३.४१ ओपनिङ्ग रेन्ज तोकिएको छ ।
नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ भने रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत प्रदान गरेको छ ।