२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङनबिल बैंकले  बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी 

नबिल बैंकले  बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी 


काठमाडौं । नबिल बैंकले आर्थिक बर्ष २०७९/०८०को चौथो  त्रैमाससम्म खुद मुनाफातर्फ ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ  आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा ४ अर्ब २५ करोड  ६० लाख रुपैयाँ  नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को चौैथो त्रैमाससम्म  बैंकको नाफा गत आवको यस अवधिको तुलनामा ७६.८६ प्रतिशतले बढेको हो ।

बैंकले   यस अवधिमा  कुल कर्जा रकम ३ खर्ब ३२ अर्ब र कुल निक्षेप संकलन ३ खर्ब ९६ अर्ब पुर्याउन सफल भएको छ ।  त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर  १७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । यस्तो आम्दानी आव २०७८/०७९ मा ८ अर्ब ९१ करोड रुपैैयाँ रहेको थियो ।

बैंकको यस अवधिमा सञ्चालन मुनाफा ११ अर्ब १ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड  रुपैयाँ रहेको छ ।

चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ   रहेकोमा  रिजर्भको आकार भने ०.६५  प्रतिशतले घटेर २७ अर्ब ७ करोड रुपैयाँमा सिमित हुन पुगेकाे छ।

त्यस्तै, गत आव २०७८/०७९मा बैंकको  एनपीएल ०.६४ प्रतिशतमा समिति रहेकोमा  यस अवधिमा एनपीएल बढेर १.२३  प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ, आम्दानी मूल्य अनुपात २१.५४ गुणा र प्रति सेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ ।

 


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ