२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसोनापुर मिनरल्सको आईपीओ साउन २९ गतेदेखि, क-कसले आवेदन दिन पाउने ?

सोनापुर मिनरल्सको आईपीओ साउन २९ गतेदेखि, क-कसले आवेदन दिन पाउने ?


काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिडेटले साउन २९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दा र श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड ९ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो ।

जसमघ्ये उद्योग प्रभावित क्षेत्र (दाङ र रोल्पा जिल्लाका स्थानीय)का स्थानीय बासिन्दाको लागि जारी पुँजीको ५ प्रतिशत अर्थात् १५ लाख ३७ हजार ५३२ कित्ता साधारण सेयर जारी गर्ने लागेको हो ।

त्यस्तै,कम्पनीले सर्वधारण साधारणका लागि निष्काशन गरिने मघ्ये १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने लागेको हो ।

जसमा कम्पनीले स्थानीय बासिन्दालाई प्रतिकित्ता २२५ रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँमा साधारण सेयर जारी गर्नेछ ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १२५ रुपैयाँ थप प्रिमियम गरी स्थानीयलाई साधारण सेयर जारी गर्नेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३७.५८ रुपैयाँ थप प्रिमियम गरी साधारण सेयर जारी गर्नेछ ।

स्थानीय आवदेनकर्ताले भदौ  ११ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भदौ ११ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीय १० कित्ता देखि १५ लाख कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले न्युनतम १० कित्ता देखि १० लाख ७६ हजार २६८ कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

बोर्डले कम्पनीलाई साउन १७ गते प्रिमियममा साधारण सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

 

 


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ