काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/०८०मा खुद नाफा २१.२८ प्रतिशतले बढाएको छ ।
संस्थाले यस अवधिमा ३३ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ९९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।
अघिल्लो यही अवधिमा सञ्चालन मुनाफा ५८ करोड ७९ लाख रुपैयाँमा रहेकोमा समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १०.६९ प्रतिशतले घटेर ५२ करोड ५० लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।
अघिल्लो वर्षे ब्याज आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेर १ अर्ब ५५ करोड रुपैयाँमा सिमित हुन पुगेको छ ।
अघिल्लो वर्ष ११ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरि १८ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको स्वाबलम्बनले समीक्षा अवधिमा संस्थाले १२ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरि १८ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो वर्ष १ अर्ब ३७ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा संस्थाको खराव कर्जाको अनुपात बढेर ८.६६ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको खराब कर्जा ५.८८ प्रतिशत रहेको थियो ।
चुक्तापुँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.३१ रुपैयाँ पुगेको छ। पीई रेसियो ३४.२३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५२.४६ रुपैयाँ रहेको छ।