काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त “क” “ख¨ र “ग” वर्गका बैक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपको रुपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैकहरुमा ९२ करोड रुपैयाँ, राष्टिय्र स्तरको विकास बैंकहरूमा १७ करोड २५ लाख र फाइन्नास कम्पनीहरुमा ५ करोड ७५ लाख रुपैयाँ गरी कुल १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा राख्न लागेको हो ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा लिन चाहने बैक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको निक्षेपको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर उल्लेख गरेर निवदेन दिनु पर्नेछ ।
३६६ दिने यो मुद्दती २०८० साल भदौ ३ गते परिपक्क हुनेछ ।
मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाहरुले बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुगेको, न्युनतम पूँजीकोष अनुपात कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत् स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, सीडी रेसियो कायम गरेको, अघिल्लो आर्थिक् वर्षमा मुनाफा गरेको, आईपीओ जारी गरिसकेको, रियल स्र्टट कर्जा बैकबाट तोकिएको सिमा भन्दा बढी नभएको जस्ता शर्तहरुमा रहि बैक तथा वित्तीय संस्थाहरुले निवेदन दिनु पर्ने छ ।