२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिअल्टिमा एक्सचेन्ज मेला : पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने

अल्टिमा एक्सचेन्ज मेला : पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने


काठमाडौँ । अल्टिमा लाइफस्टाइल, एक गुणस्तरीय वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ ।

अल्टिमाले अडियो पे्रमीहरुका लागि उत्कृष्ट २- दिने महोत्सव आयोजना गर्दैछ, जहाँ लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन् । यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने एक विशेष अवसर हो ।

सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्नेछ । यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्दछ ।

यस टप अफ द लाइन टु्र वायरलेस स्टेरियो टि डब्लु एस रु.१ हजार १९९ मा उपलब्ध छ र यो अडियोमा आधुनिककिरण अनुभव गनहरुर्कोे लागी एक विशेष अवसर हो ।अल्टिमा एटम ८२० आफ्नो असाधारण विशेषताहरुको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बूस्टेड अडियो पर्यावरणीउ  आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिन्छ ।

यो उत्कृष्ट प्रविधिको साथ अल्टिमाको मुख्य लक्ष्य भनेको नेपालका प्रत्येक व्यक्तिमा गुणस्तरीय अडियो आनन्द दिनु र ईयरफोनहरु पुनरावर्तित गरेर दिगोपनलाई बढावा दिनु हो ।

अल्टिमा एक्सचेन्ज मेला, ग्राहकहरुको हाल भईरहेको वायर्ड इयरवडहरुको ब्रान्ड वा अवस्थालाई ध्यान नदिई सबैका लागि खुला गरिएको छ जुन नेपालमा मात्र नभइ सम्भवत विश्वव्यापी रूपमा नै यो किसिमको पहिलो कार्यक्रमको रूपमा इतिहास रच्न तयार रहेको छ । नेपालका प्रत्येक व्यक्तिलाई नवीन उपकरणको अतुलनीय सांगीतिक आनन्द दिने अल्टिमाको महत्वाकांक्षा हो ।

अल्टिमा एक्सचेन्ज मेलामा सहभागी भई अल्टिमा लाइफस्टाइलसँग जोडिन सबैलाई निमन्त्रणा गरिएको छ, ध्वनि, समुदाय र असीम सम्भावनाहरूको उत्सव, जहाँ सहभागीहरूले आफ्नो अडियो अनुभवलाई माथि पुर्‍याउन सक्नेछन् ।

अल्टिमा लाइफस्टाईलको बारेमाः

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्नेमा गर्व गर्दछ, आफुलाई अग्रणी आईओटी ब्रान्डको रूपमा स्थापित गर्न आफ्ना उत्पादनहरुमा उचित मूल्य अनुपात स्तरीय कार्यसम्पादन प्रस्तुत गर्दछ ।

ग्राहकको सन्तुष्टिप्रति ब्रान्डको प्रतिबद्धताले नेपालमा वफादार ग्राहक आधार बनाएको छ । हाल अल्टिमा लाइफस्टाइलले अडियो र वेरेवल (पहिरन योग्य) उत्पादनका विस्तृत श्रृंखलाहरु बजारमा ल्याइसकेका छन् जसमा TWS -Truly Wireless Stereo, Neckbands, / Smartwatches जस्ता उत्पादनहरू रहेका छन् ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ