२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारअरुण काबेली पावरले भदौ ८ बाट हकप्रद सेयर ल्याउँदै

अरुण काबेली पावरले भदौ ८ बाट हकप्रद सेयर ल्याउँदै


काठमाडौं – अरुण काबेली पावर लिले आफ्ना सेयरधनीहरुको लागि हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले भदौ ८ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १.१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले रु.१०० अंकितदरले १ करोड ८५ लाख ५२ हजार १०५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।  उक्त हकप्रद सेयरको लागि कम्पनीले असार २५ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार असार २४ सम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रदमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ