२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमामेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप


मेटलाइफले बिमासम्बन्धी सेवा ,सुविधाको पहुँच बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएका छ । नयाँ ग्राहक सेवा एपले ग्राहकलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने जनाइएको छ ।

डिजिटल थिमअन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारी र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रममार्फत एपको अनावरण गरे ।

नेपालको ग्राहकले सेवा एप दुबै निशुल्क डाउनलोड गर्न सकिन्छ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्ने छन् ।

ग्राहकले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूणर् परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।

मेटलाइफका नयाँ बिमा पोलिसी लिन इच्छुक ग्राहकले पनि यो एपलाई प्रयोग गरी विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्ने जनाइएको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ