काठमाडौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/०८०मा १ करोड ३६ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ११ लाख २६ हजार २४६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २९.०२ प्रतिशतले घटेर २५ करोड ७० लाख ८० हजार रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ३६ करोड २२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८० लाख ४७ हजार रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा बढेर १ करोड ९४ लाख ७४ हजार रुपैयाँ पुगेकाे छ ।
अघिल्लो वर्ष ४ अर्ब ८३ करोड ३० लाख रुपैयाँ सापटी लिई ६ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ४ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ सापटी लिई ६ अर्ब २१ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा संस्थाको निक्षेप संकलन १ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने २ करोड ३१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार ११ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर ५.९५ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ४.८८ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले २ करोड ४७ लाख ३९ हजार रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।
चुक्तापुँजी ५० करोड ४३ लाख ६६ हजार रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २ं.७० रुपैयाँ भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १२६.४२ रुपैयाँ रहेको छ।