२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङखराब कर्जाबढेपछी ग्लोबल आईएमई लघुवित्तको नाफा ४६.४४ प्रतिशतले घट्यो

खराब कर्जाबढेपछी ग्लोबल आईएमई लघुवित्तको नाफा ४६.४४ प्रतिशतले घट्यो


काठमाडौ । आर्थिक २०७९/०८० मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६.४४ प्रतिशतले घटेको छ ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा २४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर १२ करोड ८७ लाख ७८ हजार रुपैयाँमा सिमित हुन पुग्यो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७.२ प्रतिशतले घटेर ५० करोड  २० लाख ६९  हजार रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ५४ करोड १४ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३४ करोड ३४ लाख ९२ हजार रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा घटेर १८ करोड ५८ लाख ६२ हजार रुपैयाँ भएको छ ।

अघिल्लो वर्ष ४ अर्ब २९ करोड २५ लाख रुपैयाँ सापटी लिई ८ अर्ब २४ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको  संस्थाले  समीक्षा अवधिमा ४ अर्ब १२ करोड ३६ लाख रुपैयाँ सापटी लिई ७ अर्ब २८ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने ६ करोड २१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थाको खराब कर्जा बढेर ४ं.३० प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको  खराब कर्जा १.६४ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ८ करोड ४५ लाख १७ हजार रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ५२ करोड ८७ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २०.८१ रुपैयाँ  मूल्य आम्दानी अनुपात ५०.९९ गुणा र प्रतिसेयर नेटवर्थ १८५.४३ रुपैयाँ रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ