काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा ३ वटा कम्पनीको सेयर सूचीकृत भएको छ ।
नेप्सका अनुसार घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याँङ्गे हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको हो ।सूचीकरण भएसँगै यी कम्पनीहरुको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् ।
बिहिबार घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता र थ्रीस्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता सेयर र अप्पर स्याँङ्गे हाइड्रोपावर कम्पनीको २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
घोराही सिमेन्टले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ७९ लाख ४३ हजार ८०१ कित्ता र संस्थापकहरूले लगानी गरेको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता गरी ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको १२ लाख ३१ हजार २५० कित्ता र संस्थापकहरूले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता गरी ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अप्पर स्याँङ्गे हाइड्रोपावरले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ८ लाख ७० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको १३ लाख ३० हजार कित्ता गरी २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले घोराही सिमेन्टको पहिलो सेयर कारोबारको लागि न्युनतम २२६.६१ रुपैयाँ देखि अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । तयस्तै थ्रीस्टार हाइड्रोपावरको न्युनतम ८५.६५ रुपैयाँ देखि अधिकतम २५६.९५ ओपनिङ्ग रेन्ज तोकिएको छ भने अप्पर स्याँङ्गे हाइड्रोपावरको न्युनतम ८४.५४ रुपैयाँ देखि अधिकतम २५३.६२ ओपनिङ्ग रेन्ज तोकिएको छ ।
नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ भने थ्रीस्टार हाइड्रोपावरलार्ई ‘टीएसएचएल ’ र अप्पर स्याँङ्गे हाइड्रोपावरलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ ।