२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाबीमा कम्पनीहरुले बीमा शुल्क २.६८ प्रतिशतले बढाए

बीमा कम्पनीहरुले बीमा शुल्क २.६८ प्रतिशतले बढाए

वैदेशिक रोजगार बीमा शुल्क ३ अर्ब भन्दा माथी


काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले बीमा शुल्क २.६८ प्रतिशतले बढाएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेकोमा आर्थिक बर्ष २०७९/०८० मा यस्ताे संकलन बढेर   १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ  पुगेकाे छ  ।

संचालनमा आएका जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ र २ वटा लघुवित्त कम्पनीहरुले २ लाख ५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा १ करोड ४१ लाख ३७ हजार ३२१ बीमालेखबाट जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुको १ करोड ३० लाख ९९ हजार  बीमालेख सक्रिय रहेको थियो ।

आर्थिक बर्ष २०७८/०७९ मा लाइफ इन्योरेन्स कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन २४.६३ प्रतिशतले घटेर ३१ अर्ब २३ करोड ८५ लाख रुपैयाँमा सिमित हुन पुग्यो । आव २०७८/०७९ मा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शूल्क आर्जन गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीरुको नवीकरण बीमाशुल्क ९७ अर्ब १९ करोड ३५ लाख रुपैयाँ रहेकोमा यस अवधिमा १ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा सबै भन्दा बढी नेपाल लाइफले बीमाशूल्क संकलन गरेको छ । नेपाल लाइफले ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै, एलआइसी   लाइफले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ र नेश्नल लाइफले १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा हिमालयन लाइफले १४ अर्ब ८९ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एसियन लाईफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड, मेटलाइफले ५ अर्ब २६ करोड, आईएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाललाइफले ३ अर्ब ७८ करोड, प्रभुलाइफले २ अर्ब ७ करोड र महालक्ष्मीलाइफले १ अर्ब ५८ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले असार महिनमा मात्रै ११ लाख ७ हजार ९७० बीमा लेखजारी गरी १७ अर्ब ८१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् जसमा ५ अर्ब २८ करोड ७५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

आव २०७९/०८०को असार मसान्तमा  २ खर्ब ३ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ बीमांक रकमको बीमालेख जारी भएको छ ।

१० वटा बीमा कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा १६ लाख २९ हजार ५७५ बीमालेख जारी गरी ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेका छन् ।

यी कम्पनीहरुले आव २०७९/८०को असार महिनामा मात्रै ५४ हजार ७५१ वैदेशिक रोजगार बीमालेख जारी गर्दा करिब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ