२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत

सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत


काठमाडौ । आर्थिक बर्ष २०७९/०८० मा खराब कर्जा बढेपछी सामुदायिक लघुवित्तको नाफा घटेको छ ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ३ करोड १ लाख रुपैयाँखुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा ९८.६७ प्रतिशतले घटेर ४ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २ं०.०२ प्रतिशतले घटेर ९ करोड ३६ लाख रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ११ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ५८ लाखरुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको संचालन घाटा २ करोड ६१ लाख रुपैयाँ भएको छ ।

अघिल्लो वर्ष ७३ करोड २ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५९ रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ४९ करोड ७५ लाख रुपैयाँ सापटी लिई १ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।  यस अवधिमा संस्थाको निक्षेप संकलन ५५ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको खराब कर्जा बढेर ९.०५ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको खराब कर्जा ५.०६ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले २ करोड ६७ लाख ४२ हजार रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

चुक्तापुँजी १४ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोाको आकार ७ करोड ४८ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ०.२८ रुपैयाँ मूल्य आम्दानी अनुपात ३४३१.७८ गुणा र प्रतिसेयर नेटवर्थ १५१.५८ रुपैयाँ रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ