२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङछिमेक लघुवित्तले बढायो नाफा

छिमेक लघुवित्तले बढायो नाफा


काठमाडौ । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक २०७९/०८०मा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक बर्ष २०७८/०७९ को तुलनामा यस्तो नाफा १२.११ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख रुपैयाँमा हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ४९ करोड ६० लाख  रुपैयाँ रहेको थियो ।

अघिल्लो  आवकाे  यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा बढेर १ अर्ब ५४ करोड १८ लाख हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ४ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ सापटी लिई ३३ अर्ब ७ करोड  रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ४ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ सापटी लिई ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन ३० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले ५१.४१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

संस्थाको रिजर्भको आकार २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा संस्थाको रिजर्भको आकार २ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर १.७२ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ०.८३ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ३४ रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

चुक्तापुँजी २ अर्ब करोड ८३ करोड ५४ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.४५ रुपैयाँ भएको छ । संस्थाको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ प्रतिसेयर नेटवर्थ ३३८.२७ रुपैयाँ रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ