२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटटेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो

टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो


काठमाडौं । नेपाल टेलिकमले आर्थिक बर्ष २०७९/०८० मा ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 आर्थिक बर्ष २०७८/०७९ को तुलनामा  यस्तो नाफा ७.८६ प्रतिशतले घटेको हो । आर्थिक बर्ष २०७८/०७९ मा टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवमा कम्पनीको बिक्रि आम्दानी ३७ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा यस समिक्षा अवधिमा यस्तो आम्दानी घटेर ३६ अर्ब ८० करोड रुपैयाँमा सिमित हुन पुग्यो ।

त्यस्तै,कम्पनीको अन्य आम्दानीमा पनि गिरावट आएको छ । यस अवधिमा कम्पनीको २९ करोड ९२ लाख रुपैयाँ अन्य आम्दानी रहेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ५४ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको इबीआईटीडीए २० अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो आव कम्पनीको इबीआईटीडीए २० अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडाकोषको आकारमा पनि कमी आएको छ । अघिल्लो आबमा टेलिकमको जगेडाकोषमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेकोमा यस अवधिमा यस्तो कोष ७५ अर्ब ८२ करोड रुपैयाँमा सिमित हुन पुग्यो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४३.२६ रुपैयाँ,मूल्य आम्दनी अनुपात २०.९२ गुणा र प्रतिशेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल टेलिकम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ