२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङएनएमवि  लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत

एनएमवि  लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत


काठमाडौं । खुद ब्याज आम्दानीमा गिरावट र  खराब कर्जा  बढेपछी एनएमवि लघुवित्त वित्तीय संस्था आर्थिक २०७९/०८०मा घाटामा गएकाे छ ।

आर्थिक बर्ष २०७८/०७९ मा ११ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको एनएमबि लघुवित्तले यस अवधिमा   २ करोड २४ लाख रुपैयाँ  खुद   घाटा व्यहोरेको छ ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २३.०६ प्रतिशतले घटेर ३४ करोड ७४ लाख  रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ४५ करोड १५ लाख   रुपैयाँ रहेको थियो ।

अघिल्लो यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १८ करोड ३० लाख   रुपैयाँमा रहेको थियो भने समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा २ करोड २६ लाख रुपैयाँ भएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ३८ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ८० करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा २ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ सापटी लिई ४ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सय अवधिमा संस्थाको निक्षेप संकलन १ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने ३ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

अघिल्लो वर्ष १९ करोड ८७ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर ९.५४ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ३.१८ प्रतिशत रहेको थियो ।

खराब कर्जा बढेपछी संस्थाले ६ करोड ३८ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले ऋणात्मक भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ