२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङनेरुडे लघुवित्तको घट्यो नाफा

नेरुडे लघुवित्तको घट्यो नाफा


काठमाडौं । आर्थिक बर्ष २०७९/०८० मा नेरुडे लघुवित्तको नाफा ७२.७७ प्रतिशतले घटेको छ ।

संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा खुद ब्याज आम्दानीमा गिरावट र खराब कर्जा बढ्दा नेरुडेको नाफामा प्रभावित भएको छ ।

गत आर्थिक वर्षमा नेरुडेले २१ करोड २६ लाख खुद नाफा आर्जन गरेको यस अवधिमा यस्तो नाफा घटेर ५ करोड ७८ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।

त्यस्तै यस अवधिमा खुद ब्याज आम्दानीमा ३१.१२ प्रतिशतले गिरावट आएको छ । नेरुडेले अघिल्लो आवमा ६३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो । यस्तो आम्दानी समिक्षा अवधिमा घटेर ४३ करोड ६२ लाख रुपैयाँमा रहन गयो ।

त्यस्तै, संस्थाले आर्थिक बर्षमा ३० करोड ८५ लाख रुपैयाँ संचालन मुनाफा गरेकोमा यस अवधिमा यस्तो मुनाफा समिक्षा अवधिमा ७२.१० प्रतिशतले कमी आई ८ करोड ६१ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत घटेकोे छ । यस अवधिमा संस्थाको निष्क्रिय कर्जा बढेर ४.७४ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको निष्क्रिय कर्जा ५.५ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले १ करोड ९१ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।

अघिल्लो वर्ष ५ अर्ब २० लाख रुपैयाँ सापटी लिई ९ अर्ब ९१ करोड लाख रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ४ अर्ब ८५ करोड लाख रुपैयाँ सापटी लिई १० अर्ब ०५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सय अवधिमा संस्थाको निक्षेप संकलन ३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने ४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष ४९ करोड ४४ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ५१ करोड ९३ लाख रुपैयाँ पुगेको छ। चुक्तापुँजी ७३ करोड २० लाख रुपैयाँ रहेको संस्थाको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी घटेर ७.९१ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७५.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६.९८ गुणा रहेको छ।


क्याटेगोरी : बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ